राजनीति

संबिधान संशोधन प्रस्ताब बिरुद्धमा आन्दोलन उत्रने एमालेको चेतावनी, माओबादी नेता रायमाझीले गरे ओलीको समर्थन

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । माओबादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालले व्यबस्थापिका संसदमा दर्ता गर्न लागेको संबिधान संसोधन प्रस्तावको एमालेले कडा रुपमा प्रतिबाद गर्ने भएको छ । यूवासंघ र अनेरास्वबियूले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संबिधान संसोधन प्रस्ताब एमालेले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

अध्यक्ष ओलीले पुष्पकमल दहाल सरकारले संबिधान संसोधनको स्पष्ट कारण नल्याएसम्म एमालेले कुनैपनि हालतमा संबिधान संसोधनको प्रस्ताब संसदबाट पास गर्न नदिने बताएका छन् । ओलीले बर्तमान सरकारले जनताका समस्या समाधान गर्न कुनैपनि पहल नगरेको र यसको निर्माण प्रकृया नै घातक रहेको हुँदा अहिलेसम्म ‘तास फिटे झै कुरा फिट्ने’ बाहेक कुनैपनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले बर्तमान सरकारका बिरुद्धमा आन्दोलन गर्न तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । ओलीले संसोधनका नाममा प्रदेश नं. ५ टुक्राउने प्रस्ताबको बिरुद्धमा पनि बिरोध जनाएका थिए ।

top-bahadur

यसैगरी माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आदेश अरुको, कुरा देशको’ गर्ने भन्दै आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दहालको नाम नलिइकन ब्यंग्य गर्दै प्रदेश नं ५ मा मधेस र पहाडलाई टुक्राउन नहनेमा जोड दिएका थिए ।

नेता रायमाझीले प्रदेश नं. ५ टुक्राउने निर्णय जुन पार्टीले गरेपनि उसलाई जनताले हराउने दाबी गरेका थिए । कार्यक्रममा नेता रायमाझीका भनाई एमाले अध्यक्ष ओलीसंग मिल्दाजुल्दा थिए ।