समाचार

जापानमा फेरि अर्को शक्तिशाली भूकम्प !

एजेन्सी– जापानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान साढे बजे फेरि अर्को शक्तिशाली भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएअनुसार बिहीबारको भूकम्पको मापन ६.१ रेक्टर स्केल गरिएको छ ।

जापानको नामीबाट ७० किलोमिटर पश्चिममा केन्द्रबिन्दु रहेको भनिएको सो भूकम्पबाट भएको क्षति विवरण आइनसकेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

३ दिनअघि जापानकै फुकुशिमामा ७.१ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पपछि सुनामीको चेतावनी समेत दिइएको थियो । सो भूकम्पले फुकुशिमामा रहेको आणविक प्लान्ट छेउमा ११ फिट अग्लो समुद्री छाल ठोक्किएको समेत जनाइएको थियो ।