पु.समाचार

नेमकिपाद्वारा संसदमा दर्ता भएको संसोधन प्रश्ताबको गलत प्रचार गरेको भन्दै अन्नपूर्ण पोष्टको बिरोध गर्दै खण्डन !

सुर्यखबर संबाददाता,
काठ्माण्डौ । नेपाल मजुदुरकिसान पार्टीले संसदमा दर्ता गरेको संसोधन दर्ताको बिषयमा प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले मिति २०७३ मंसिर २ गते संसदका पदाधिकारी र सुविधा विधेयक २०७३ मा दफा २६ विविध थप गरी “सांसदहरुले समाजवादउन्मुख, आर्थिक समानता र सामाजिक न्यायको लागि नीति तथा कार्यक्रम, बजेट र विधेयक पारित गर्ने, आन्तरिक उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने, प्रगतिशील कर प्रणालीमार्फत् प्रत्येक वर्ष दश प्रतिशतले राजश्व वृद्धि गर्ने, प्राकृतिक र मानवीय स्रोत विदेशीको हातमा नदिने, शिक्षा र स्वास्थ्य निःशुल्क गरी युवालाई स्वदेशमा रोजागरी दिने, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरी देशको द्रुत विकास गर्ने, संसदका पदाधिकारी र सदस्यहरुको विदेशमा सम्पत्ति राख्न नपाउने, संसद एवं समिति र उपसमितिको बैठकमा नियमित उपस्थित हुने, देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागिपर्ने” संशोधन राखेकोमा बंग्याई अन्यथा भएकोमा खण्डन गरेको छ ।

प्रेम सुवाल र अनुराधा थापामगरद्वारा जारी गरिएको बिज्ञप्ती अनुसार उल्लिखित विषय नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी सांसदद्वय प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले मिति २०७३ मंसिर २ गते संसदका पदाधिकारी र सुविधा विधेयक २०७३ मा दफा २६ विविध थप गरी “सांसदहरुले समाजवादउन्मुख, आर्थिक समानता र सामाजिक न्यायको लागि नीति तथा कार्यक्रम, बजेट र विधेयक पारित गर्ने, आन्तरिक उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने, प्रगतिशील कर प्रणालीमार्फत् प्रत्येक वर्ष दश प्रतिशतले राजश्व वृद्धि गर्ने, प्राकृतिक र मानवीय स्रोत विदेशीको हातमा नदिने, शिक्षा र स्वास्थ्य निःशुल्क गरी युवालाई स्वदेशमा रोजागरी दिने, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरी देशको द्रुत विकास गर्ने, संसदका पदाधिकारी र सदस्यहरुको विदेशमा सम्पत्ति राख्न नपाउने, संसद एवं समिति र उपसमितिको बैठकमा नियमित उपस्थित हुने, देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागिपर्ने” संशोधन राखेका थियौं ।
सचिवालयले हामीबाट दर्ता नभएको विषयसमेत हाम्रो नामबाट दर्ता भएको भनी सार्वजनिक गरेको हुँदा मिति २०७३ मंसिर ३ गतेको अन्नपूर्ण दैनिकमा “नेमकिपाका प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले सांसदलाई एक कार्यकालभित्र भन्सार छुटमा गाडी खरिद गर्न पाउने व्यवस्था गर्न विधेयकमा संशोधन दर्ता गरेको” जस्ता झुठा समाचार प्रकाशित भयो ।

मंसिर ३ गते बसेको संसदको विशेष समयमा हामीले अन्नपूर्ण दैनिकमा प्रकाशित झुठा समाचारको खण्डन गर्दै संसद सचिवालयबाट पनि उक्त समाचारको खण्डनको लागि सभामुखसँग आग्रह गरेका थियौं । तर सचिवालयबाट झुठा समाचारको खण्डन नहुँदा सर्वसाधारण जनतामा भ्रम पैदा भयो र डा. सुन्दरमणी दीक्षितले मंसिर ५ गते काठमाडौंमा भएको एक कार्यक्रममा नेमकिपाबारे अन्नपूर्ण दैनिकमा प्रकाशित त्यही झुठा समाचारलाई दोहो¥याएर थप भ्रम पैदा गर्ने काम गरे ।
कार्तिक २६ गते संसदमा भएको उक्त विधेयकवारेको सैद्धान्तिक छलफलमा सांसद डिल्लीप्रसाद काफ्लेले सुविधा बढाउने सो विधेयकको विरोधमा बोल्नु भएको थियो र सोही दिनको कान्तिपुर टेलिभिजनमा समाचार पनि प्रसारित भएको थियो । मंसिर ५ गते संसद बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गरिंदा नेपाल मजदुर किसान पार्टीले विपक्षमा मत दिएको थियो ।

यस्तो घाम जतिकै छर्लङ्ग विषयबारे संसद सचिवालयबाट झुठा समाचार सम्प्रेषण भएको र अन्नपूर्ण दैनिकमा पनि झूठा समाचार प्रकाशित भई डा. दीक्षितले एक कार्यक्रममै त्यही समाचारको आधारमा झुठा बोलेको हुँदा हामीले यो खण्डन प्रस्तुत गरेका छौं । संसद सचिवालयमार्फत हाम्रो यो खण्डनलाई सम्पूर्ण समाचारमाध्यममा सम्प्रेशन गरी सहयोग हुने अपेक्षा राखेका छौं , भनिएको छ ।