पु.समाचार

चीनमा सडक दुर्घटनाबाट मृत्युहुनेहरुप्रति सभापति देउवाद्वारा समाबेदना

सुर्यखबर सम्बाददाता, 

काठ्माण्डौ । चीनको उत्तरी प्रान्तीय सहरमा मंगलबार भएको सडक दुर्घटनामा एकैसाथ ५६ वटा गाडी एक आपसमा ठोकिदा हालसम्म १७ जनाको ज्यान गएको र ३७ भन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
मित्रराष्ट्र चीन सरकार र त्यहाँका जनताले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले सहानुभूति प्रकट समेत गरेका छन् ।
घटनामा परी निधन हुनु भएका सबै प्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । देउवालाई उदृत गर्दै काँग्रेस मुख्यसचिब कृष्णचन्द्र पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।