खेलकुद

मार्सल आर्ट अन्तर्राष्ट्रिय अध्यक्ष र प्रधानमन्त्री दहालबीच भेटवार्ता

सुर्यखबर सम्बाददाता,
काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्टका अध्यक्ष लिइडाइ ह्युनसहितको मार्सल आर्टको कोरियाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ह्युनले नेपालमा मार्सल आर्टको विकासका लागि काम गर्न आफूहरु ईच्छुक भएको बताएका छन् । ह्युनले नेपालमा मार्सल आर्टको मैदान लगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने बताएका छन् ।

भेटमा प्रधानमन्त्रीले टोलीले नेपालप्रति देखाएको गहिरो सद्भावका लागि धन्यवाद व्यक्त गर्दै मार्सल आर्टको विकासका लागि मिलेर काम गर्ने बिचार आफ्नो रहेको बताएका प्रधानमन्त्री दहालको सचिवालयले जनाएको छ ।