राजनीति

दुई राप्रपाबीच एकता

काठमाण्डौ । निकै लामो समयपछि राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकता भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित घोषणासभा मार्फत ती दुई पार्टीबीच एकता भएको हो ।

पार्टी एकतापछि घोषणा सभामा उपस्थित नेताहरुले अब राप्रपा मुलुकको प्रमुख राष्ट्रिय शक्ति बन्ने उद्घोष गरे । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राखिएको छ । पार्टीको झण्डा भने राप्रपा नेपालको कायम गरिएको छ ।

पार्टीको राष्ट्रिय अध्यक्षमा पशुपतिशम्शेर राणा चयन भएका छन् भने कार्यकारी अध्यक्ष कमल थापा भएका छन् । एकतापछि नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रुपमा स्थापित गर्ने बताएका छन् ।