मनोरञ्जन

गायक सुनिल मगरको सुरीलो स्वरमा आयो नयाँ गीत बजारमा (भिडियोसहित)

काठमाण्डौ । गायक सुनिल मगरको ‘नशालु तिम्रो आखैमा’ बोलको गीत रिलिज भएको छ । राज शाहीको शब्द र संगीत रहेको गीतमा संगित संयोजन गोपालले गरेका छन् ।

गीति भिडियोमा हट मोडलको रुपमा आफ्नो पहिचान बनाएकी माला लिम्बु र रोशन श्रेष्ठको मोडलिङ रहेको छ । जसको निर्देशन निकेश खड्काले गरेका छन् । गीति एल्बममा बिनय केटु, राज शाही र गायक सुनिलको संगित तथा शब्द रहेको गीतहरु समावेश छ । गायक सुनिल २०६८ मा नुवाकोट आइडलसमेत भइसकेका छन् ।

युट्युबमा  राखेको छोटो समयमा नै गीतले निकै चर्चा बटुलेको छ । साथै म्युजिक भिडियोलाई समेत धेरैले मन पराएका छन् ।