पु.समाचार

राजनेता नभएकै कारण शान्ती प्रक्रिया टूंगोमा पूगेन-डा. शेखर कोईराला

सुर्यखबर सम्बाददाता,
रोल्पा । १२ बूँदे सम्झौता, बिस्तृत शान्ती सम्झौता र नेपालको शान्ती प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नूभएका नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले देशमा राजनेता नभएकै कारण विस्तृत शान्ती सम्झौता भएको १० बर्ष बतिसक्दा समेत शान्ती प्रक्रिया अझै टूंगोमा पूग्न नसकेको बताएका छन् ।

नेपाली काँग्रेस रोल्पाले लिवांगमा गरेको कार्यकर्ता भेलालाई संबोधन गर्नूहूँदै डा कोईरालाले शसस्त्र बिद्रोहका समयमा ज्यान गूमाएका,बेपत्ता पारिएका र घाईते भएका काँग्रेस कार्यकर्ताहरूप्रती सिंगो पार्टी नै मौन रहेकोमा आफू अत्यन्तै दूखी भएको समेत बताएका छन्।

कोईरालाले माओबादीले बिद्रोह शूरू गर्नू अगाडी गरेका पूर्ब अभ्यासमा मारिएका काँग्रेस कार्यकर्ताका परिवारले क्षतीपूर्ती र राहत पाउँनूपर्ने अडान राख्नूहूँदै यस बिषयमा आफूले सरकारलाई दबाब दिने प्रतिबद्धता समेत बताए।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य आनन्दप्रसाद ढूंगाना, पूर्व केन्द्रिय सदस्य केशव सिंह,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेल,नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली लगायतले आफ्नो धारणा राखेका थिए थिए।