पु.समाचार

भारतमा मृत्युहुनेप्रति सभापति देउवाद्वारा समाबेदना !

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । भारतको इन्दोरबाट आइतबार विहान पटनातर्फ गैरहेको एक्सप्रेस रेल कानपुरमा दुर्घटना हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको र २ सय भन्दा बढी यात्रु घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गेका छन् ।
मित्रराष्ट्र भारत सरकार र त्यहाँका जनताले व्यहोर्नु परेको यो मानवीय क्षतिप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति शेरबहादुर देउवाले सहानुभूति प्रकट गेका छन् ।
घटनामा परी निधन हुनु भएका सबै प्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, नेपाली कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ, उक्त कुरा कााग्रस पार्टीद्वारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ ।