राजनीति

काँग्रेस नेताहरु यस्तो चर्चासहित देश दौडाहामा !

सुर्यखबर सम्बाददाता, 

काठ्माण्डौ । तरुण दलको पोखरा अधिवेसनपछि नेपाली काँग्रेसका शिर्ष नेताहरु देश दौडाहामा लागेका छन् । सभापति शेरबहादुर देउवा पोखरा अधिवेसन सम्पन्न गरेर काठ्माण्डौमा भएका केहि कार्यक्रममा भाग लिएर सुदुरपश्चिमाञ्चलतिरको पार्टीद्वारा आयोजीत बिभिन्न जील्लाका कार्यक्रममा ब्यस्त छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा अधिवेसन सम्पन्न भएपछि काठ्माण्डौ नफर्कि एकहप्ते तराईका बिभिन्न कार्यक्रममा सामेल भएका छन् । महामन्त्री डा. शसांक कोईराला काठ्माण्डौ फर्केको भोलीपल्ट नै ४/५ दिनका लागी बिभिन्न कार्यक्रममा काठ्माण्डौ बाहिर गएको स्वकीय सचिब भरत तिवारीले बताएका छन् ।

प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला पनि आफ्नो भ्रमण सेड्युल बनाएर नै एकहप्ताका लागी काठ्माण्डौ बाहिर बिभिन्न कार्यक्रममा गईरहेका छन् । शेखर पोखराको तरुण दल अधिवेसनमा समेत बिराटनगर लगायतको स्थानमा कार्यक्रम भएका कारण उपस्थीति भएनन् । १३ औं महाधिेवेसनमा सबैभन्दा बढी मत ल्याएर निर्बाचिर भएदेखि नै शेखरको देश दौडाहा बढको छ ।

काठ्माण्डौमा सरकारले सुजाता कोइरालाको क्यान्सर उपचारका लागी दिएको ५० लाख समाजीक संजालमा बिबाद हुनु, गृहमन्त्री तथा उपप्रधानमन्त्री समेत रहेका काँग्रेस नेता बिमलेन्द्र निधिले कैलाली घटनाका दोषीलाई छाड्न दिएको निर्देशनको बारेमा बिबाद हुनु, तरुण दलको अधिवेसनमा निर्बाचन हुन नसकेर अन्तिममा ४ जना पदाधिकारीहरुको मात्र नाम टाँसीनु, सरकार ढल्नेबेला हुँदा समेत कँग्रेसबाट सहभागि हुने राज्यमन्त्रीहरुको टुंगो लगाउन नसक्नु, केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनीत गर्ने निर्णय लिन नसक्नु, ठूलो पार्टी भएर पनि तेस्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सहमती गर्नु, सीमाङकन नामाकंन लगायत संबिधान संसोधनका बिषयलाई जीममेवार ढंगले प्रश्तुत गर्न नसक्नु लगायतका आरोप समेत भित्र  बाहिरबाट  काँग्रेस नेतृत्वलाई लाग्ने गरेको छ ।

  लगायतका बिबादमा काँग्रेस मुछिरहेको भएपनि नेताहरु जील्ला दौडाहामा जानुले जनतामा राम्रो छाप परेको काँग्रेस नेताहरुले बताएका छन् । त्यसो त नेताहरु चुनाव जीतेपछि गाँउ फर्किदैनन् भन्ने बिगतमा जनताले लगाउने गरेको आरोप यसबाट चिरिने दाबी कार्यकर्ताहरुको छ ।

डा. शेखर कोईरालाले भर्खरै केहि एमाले र माओबादीका कार्यकर्ताहलाई पार्टी प्रबेश गराएको समाचार आएको थियो भने बरिष्ठ नेता पौडेल मधेशका जनताहरुसँग आगामी तीनै तहको निर्बाचन र संबिधान कार्यान्वयनको बिषयमा छलफल गरिरहेका छन् ।

अर्कोतिरर १३ औं महाधिवेशनबाट भारी मतले निर्बाचित सभापति शेरबहादुर देउवाले कञ्चनपूरबाट मधेसी मोर्चाका संयोजक समेत रहेका फेरम अध्यक्ष उपेन्द्र यादबले दिएको १० प्रदेशमा जान सकिने बक्तब्यलाई चिर्दै कुनैपनि हालतमा १० प्रदेश नबन्ने र सुदुरपश्चिमलाई पनि टुक्र्याउन नदिने कडा सन्देश सुदुरपश्चिमबासी र नेपालीहरुलाई दिएका छन् ।

पुर्ब-महामन्त्री प्रकाशमान सिँहको राजनीतिक क्षेत्र काठ्माण्डौ नै भएकोले उनी अरु नेताहरु भन्दा कम नै बाहिर जील्लाहरु भ्रमण गर्ने गर्दछन् । अर्का पूर्ब-महामन्त्री तथा कांग्रेसको तेस्रो गुटका प्रभाबशाली नेता कृष्णप्रसाद सिटौला १४ औं महाधिवेसनमा आफ्नो प्रभुत्व जमाउन गगन थापा र प्रदीप पौडल जस्ता काँग्रेसका हस्ती युवाहरुलाई उपयोग गरेर बिभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् । सिटौलाले पूर्ब शिक्षामन्त्री समेत रहेका उमाकान्त चौधरीलाई मधेसमा उतारेका छन् ।

काठ्माण्डौमा उनले प्रकाशमानसिँहलाई टक्कर दिनका लागी प्राध्यापक एबम् काठ्माण्डौका पूर्ब सभापति भीमसेन दास प्रधानलाई अघि सारेका छन्, प्रधान काठ्माण्डौ क्षेत्र नं ६ का निर्बाचित सँसद समेत हुन् ।

तरुण दलको पोखरा अधिवेसनमा वीपी कोईरालाका नाती शिद्धार्थ कोईरालालाई तरुण महामन्त्री बनाउन भनेर डा. शेखर कोईरालाको समेत सहमति लिएर पोखरा गएका महामन्त्री डा. शसाँक कोईरालालाई रामचन्द्र पौडेलको भूपेन्द्रजँग शाहीलाई उतार्ने अडानका कारण सफल हुन सकेन् । शिद्धार्थलाई पछि माहामन्त्रीमा टीका लगाउलान कि नलगाउलान त्यो त पछि हेर्न सकिएला ।

कार्यकर्तामाझ लोकप्रीय भएका नेता अर्जुननरसिँह केसी १२ औं महाधिवेसनमा जन्मिएका तीनवटै (शुसील कोईराला, शेरबहादुरर देउवा, भीमबहादु तामाङ) गुटमा लागेका कारण उदाउन नसकेपछि १३ औं महाधिवेसनमा देउवा गुटमा लागेर सहरीबिकास मन्त्री बनेका छन् । बहालवाला मन्त्री भएका बाहेक कँग्रेसका अन्य नेताहरुको नाम गुमनाम छ ।

अन्तर्राष्ट्रिय राजनीतिक छबि बनाएका डा. रामशरण महतसंग नुवाकोटको राजनीतिमा पानी बाराबार भएपनि पहिले उनीहरु एउटै कोईराला गुटमा सकृय थिए, हाल भने अर्जुन देउवा गुटमा क्लीयर छन् भने महत रामचन्द्र गुटमा । सधैंभरी अर्थमन्त्रीमात्र भईरहने महतले बिभिन्न मुलुकबाट अर्थमन्त्रलय राम्रो चलाएको भनेर सम्मान समेत पाईसकेका छन् ।

नेपाली काँग्रेसको अन्तिम दिनहरुको राजनीतिक परिस्थितिमा भने आफ्नो गुटको कम पावर भएका कारण डा. रानमशरण महतको पार्टीभित्र कम हैकम चल्ने बताईन्छ, उनका भाई प्रकासशरण महत पुष्पकमल दहाल देउवा गुटबाट सरकारमा परराष्ट्रमन्त्री छन् ।

पार्टीभित्र पुराना र खरो रुपमा हिन्दू धर्मको पक्षमा लबिङ गरिरहेका खुमबहादुर खड्का बिरामी भएका कारण अलि कम दौडधुपमा छन्, भर्खरैमात्र उपचार गराउन भारत गएर काठ्माण्डौ फर्किएका थिए ।

मनोनीत उपसभापतिमा दाबी गरेपनि अन्तिम समयमा खुमबहादुरले पहिले फुटेको काँग्रेस प्रजातान्त्रीकमा समेत उपसभापति भईसकेका स्याङजाली नेता गोपालमान श्रेष्ठलाई आफ्नो उक्त पदमा समर्थन रहेको सार्बजनिक अभिब्यक्त दिएर चर्चामा छन् ।

संचारमन्त्री हुँदा बेला बेलामा हिरोईनहरुको नामसंग जोडिएर चर्चामा आएका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल अमेरीका घुमघाममा छन् ।

युवा नेता गगन कुमार थापाको ब्यस्तता भने मन्त्री भएपछि झन बढेको कार्यकर्ताहरु बताउछन् । अत्यन्तै ब्यस्त भएबाहेक गगनले मोवाईल समेत आफैं सिसिभ गर्छन, नाम नभन्ने शर्तमा एकजना काठ्माण्डौका काँग्रेस कार्यकर्ता बताए ।

गिरिजा प्रसाद कोईरालाकी सुपुत्री काँग्रेस नेतृ सूजाता कोईराला  अरबपति भएर पनि आफ्नो उपचारको लागी ५० लाख लिएको भनेर चर्चामा छिन् । उनलाई क्यान्सर भएका  बेला यस्तो बद्नाम गराउन नहुनेहरुको जमात पनि कम छैन ।