पु.समाचार

निर्बाचनपछिमात्र संविधान कार्यान्वयन हुने : देउवा

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक गतिरोध अन्त्य गर्नका लागि संविधान संशोधन हुने बताएका छन् ।

शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा आयोजित नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ द्वारा आयोजित स्वागत एवम् अभिनन्दन कार्यक्रममा देउवाले संविधान संशोधनपछि सबै राजनीतिक गतिरोध अन्त्य हुने बताए ।

संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै देउवाले स्थानीय निकायको निर्वाचनका लागि सबै राजनीतिक दलसँग परामर्श गरी कार्य अगाडि बढाइने बताए । “निर्वाचनपछि स्थानीय निकाय अधिकार सम्पन्न हुन्छ,” उहाँले भन्नुभयो । स्थानीय निकायको निर्वाचनपछि प्रदेश र केन्द्रको निर्वाचन हुने उनको भनाइ थियो ।

दैजीमा रहेको छेला औद्योगिक क्षेत्रको कार्य अगाडि बढाउनका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । वन मन्त्रालयसँग सहजीकरण गरी औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान गरिने सभापति देउवाले बताए । रासस