खेलकुद

रोनाल्डोको मद्धतमा रियल मर्डिडको शानदार जित

एजेन्सी– शनिबार राती भएको स्पेनिस ला लिगा अन्तर्गत खेलमा रियल मर्डिडको शानदार जित भएको छ । क्रिष्टियानो रोनाल्डोको मद्धतमा मर्डिडले शानदार जित हासिल गरेको हो । रियल मर्डिड डर्बीमा भएको सो खेलमा प्रतिद्धन्द्धी एथ्लेटिको मर्डिडमाथि रियलले ३–० गोल अन्तरले जित हासिल गरेको हो ।

रोनाल्डोले खेल सुरु भएको २३ औ मिनेटमा खाता खोलेका थिए । दोश्रो हाफमा दुई गोल भएको सो खेलको ७१ औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता रोनाल्डोले अग्रता दोब्बर पार्न सफल भएका थिए ।

उनले ७७ औं मिनेटमा हयाट्रिक पूरा गरेका थिए । साथै ३१ वर्षे फवार्ड रोनाल्डोले मड्रिड डर्बीमा लेजेन्ड अर्ल्फेडो डि स्टेफानले गरेको १७ गोललाई पनि उछिनेका छन् ।

यो जितसँगै रियल मड्रिडले ला दिगामा चार अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना मालागासँग बराबरीमा रोकिएको थियो ।