अन्तर्राष्ट्रिय

निर्वाचित भएलगत्तै ट्रम्पले चाले नयाँ कदम

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा हालै निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनका लागि केही उच्च व्यक्तिलाई छनौट गरेका छन् ।

नाम गोप्य राख्ने सर्तमा अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्व सैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि ट्रम्पले छनौट गरेका छन् भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

उच्चपदमा छानिएका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र वर्तमान अमेरिकी नीतिका कटु आलोचकका रुपमा चिनिएका व्यक्तित्व हुन् ।