मनोरञ्जन

दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए

काठमाण्डौ । लुट २ को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ । यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्योसँगै एलिशाको व्यस्तता पनि निकै बढेको छ । उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढीरहेको छ ।

ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग देखिएकी छिन् । म परे झापाली बोलको गीतमा उनले भिमफेदी गाइजसँग अभिनय गरेकी छिन् ।

निर्मल लामाको कोरियोग्राफी रहेको उक्त गीतलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । निकै रमाइलो गीतमा एरिक गिरी र जुना प्रसाईँको स्वर रहेको छ भने एरिक गिरीकै शब्द र संगीत रहेको छ ।