अन्तर्राष्ट्रिय

ट्रम्पले रुससँगको चूनौती सामना गर्नुपर्छ: ओबामा

एजेन्सी– अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले रुससँगको चूनौती सामना गर्नुपर्ने बताएका छन् । यूरोप भ्रमणको क्रममा जर्मनीको बर्लिनमा जर्मन चान्सलर एन्जेला मर्केलसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् ।

ओबामाले ट्रम्पलाई बलियो रुपमा प्रस्तुत हुन सुझाव समेत दिँदै आएका छन् । उनले रुससँग सकारात्मक सम्बन्ध बनाउन कोसिस गर्नुपर्ने समेत बताए । चान्सलर मर्केलसँगको भेटमा उनले ट्रम्पको नेटो सन्धि पालना गर्ने प्रतिबद्धताको प्रशंसा समेत गरे ।