खेलकुद

मेस्सीको खेल जीवन बार्सिलोनाबाटै अन्त्य हुने दाबी

एजेन्सी– बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिए बार्टोेमेउले लियोनल मेस्सीले आफ्नो खेल जीवनको अन्त्य आफ्नै क्लबबाट गर्ने दाबी गरेका छन् । बार्टोमेउले आफ्नो खेल जीवन बार्सिलोनाबाटै अन्त्य गर्नेमा आफु ढुक्क रहेको उनले बताए ।

जापानी खुद्रा बिक्रेता राकुटेनसँगको जर्सी व्यापार सम्बन्धी नयाँ सम्झौता घोषणाका लागि भएको कार्यक्रममा अध्यक्ष बार्टोमेउले सो कुराको दाबी गरेका हुन् ।

मेस्सीका कारण बार्सिलानो पछिल्ला खेलहरुमा ठूला ठूला सफलताहरु हसिल गर्दै आएको छ । त्यसकारण पनि बार्सिलोनाले स्टार मेस्सीलाई आफ्नो क्लबमै निरन्तरता दिन चाहेको छ ।

बार्सिलोना र मेस्सीबीचको सम्झौता सन् २०१८ मा सकिन्छ । मेस्सीले अहिलेसम्म बार्सिलोनाबाटै ४ सय ३३ गोल गरिसकेको छन् । यसले बासिलोनलाको प्रगतिलाई विश्वमानै चम्काएको छ ।