पु.समाचार

निलम्बित सांसद ल्यारक्याल लामालाई सफाइ

काठमाडौँ । विशेष अदालतले नेकपा माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने आधार नदेखिएकाले निजलाई सफाइ हुने फैसला गरेको हो।
लामाले सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति जोडेको आरोपमा गत वैशाख ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले लामाको करिब ३० करोड सम्पत्तिमा २० करोडको मात्रै स्रोत खुलेको बाँकी सम्पत्ति अवैध भएको दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।