पु.समाचार

डा.केसीको ज्यानभन्दा ठूलो होइन मेरो पद : सिंह

काठमाण्डौ । अघिल्ला नौवटै अनशनका क्रममा डा.गोविन्द केसीका पक्षमा उभिएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केशवप्रसाद सिंह दसौं अनशनसँग प्रत्यक्ष रुपमा जोडिन पुगेका छन् ।

वरिष्ठता आधारमा डिन नियुक्तिलगायत चिकित्सा शिक्षा सुधारका लागि डा. केसीले अनशनको घोषणा गर्नासाथ भेट्न जाने र सहयोगको वचन दिने मात्र होइन, प्रत्येक अनशनमा हरेक दिनजसो अनशनस्थलमै साथ दिने सिंह यसपटक फर्किएर गएका छैनन् ।

अनशन बसेका केसीको बारम्बार रिपोर्ट हेर्दै स्वास्थ्य अवस्था मूल्यांकन गर्ने उनै हुन्थे । यतिसम्म कि पाँचौं अनशनमा वरिष्ठता मिचेर डिन बनाइएका डा. शशी शर्माको पक्षले दलबलसहित अनशन बस्नै अवरोध गर्दा सिंह नेतृत्वको टोलीले डा। केसीको रक्षा गर्दै अनशन बसाएको थियो ।

यसपटक भने दृश्य भिन्न छ, परिस्थिति फरक बनेको छ । डा. केसीका यी परम मित्र डा। सिंहलाई अगाडि राखेर चिकित्सा शिक्षा क्षेत्रमा सुरु भएको सुधार बिथोल्ने खेल भइरहेको छ । चार वर्षदेखि वरिष्ठता आधारमा चार डिन बनिसकेको अवस्थामा त्रिविले यो पद्धति बिथोल्ने गरी सिंहलाई अगाडि सारेको छ । डा. केसीको बुझाइ पनि नजिकका साथीसँग आफूलाई लडाएर विश्वविद्यालय प्रशासन र मेडिकल माफियाले चलखेल गरिरहेको भन्ने छ ।

‘यस्तो अवस्था आएको छ, डा. केसीको जीवन, अभियान र निष्ठाको लडाइँको इज्जत जोगाउने/नजोगाउने भन्ने विषय उनका परम मित्रकै हातमा पुगेको छ,’ दुवै चिकित्सकको सम्बन्धका जानकार डा. वाइपी सिंह भन्छन् ।
यसपटक डा.केपी सिंह डिनको रुपमा जिम्मेवारीमा छन् । डा. केसी डिनको रुपमा सिंहलाई स्विकार्नुको विकल्प– ‘सिंहको राजीनामा वा बर्खास्तगी’ मात्र हुन्छ । त्रिवि पदाधिकारीले डा. केसी र सिंहबीचको सम्बन्धमा खेल्न खोजेको भन्ने बुझ्न कठिन छैन ।

आइतबार त्रिवि उपकुलपति तीर्थ खनियाँले समेत दुवैबीचको सम्बन्धन राम्रो हुनुले सिंहको नियुक्तिले आइओएममा समस्या समाधानमा सघाउने विश्वास व्यक्त गरेका थिए ।

के आफ्ना परम मित्र डा। केसीको जीवनरक्षाका लागि उनी यसका लागि तयार छन् त ? नागरिक प्रश्नमा सिंहले भने, ‘मेरो पद उसको ज्यानभन्दा ठूलो होइन ।’
‘तर म पनि वरिष्ठता मिचेर आएको पनि त होइन नि,’ सिंहले डा. केसीको अनशन टुंग्याएर जीवनरक्षा गर्नु आफ्नो जिम्मेवारी भएको सुनाए ।
डा। सिंहको पछिल्लो तर्क हेर्दा उनी सहजै पद छाड्ने सोचमा नरहेको देखाउँछ । डिन पदमा त्यस्तो के छ जसको अवसर आउँदा सिंहले डा। केसीको साथ छाडे ?

सेवाप्रवेशका आधारमा आफू वरिष्ठ भएको दाबी सिंहले गर्दै आए पनि उच्च तहको नियुक्तिमा यसलाई मानिन्न । संस्थामा प्राध्यापक भएको आधारमा सिंह वरिष्ठता सूचीमा नवौ नम्बरमा छन् । अर्को विषय सिंहको अवधि फागुन १० मा सकिँदै छ । य

सबीच आइओएममा चार सहायक डिन र क्याक्पस प्रमुखको पदसमेत रिक्त छ भन्दै मंगलबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।