पु.समाचार

तरुण अधिवेसन सर्नाले प्रतिनिधिहरु फर्कन थाले, केहि पदहरु खाली राखेर सहमती गर्ने संकेत

सुर्यखबर सम्बाददाता,

पोखरा । तरुण दलको अधिवेसन दुई दिनका लागी सरेको छ । दुईदिनका लागी सरेका कारण देशभरबाट पोखरा आएका तरुण दलका प्रतिनिधिहरु सकसमा परेका छन् ।

नेताहरुको गुटउपगुटबीचमा सहमतीमा नेतृत्व चयन गर्ने सहमती भएपनि प्रतिनिधिहरुलाई जील्ला जान दिईएको छैन । नेतृत्वका आकाँक्षीहरु बल्ल बल्ल १२ बर्षमा हुन लागेको महाधिवेसन रोक्न लागेकोमा असन्तुष्ट छन् ।

संस्थापन पक्ष, पौडेल पक्ष, सिटौला पक्ष, नेता खुमबहादुर खड्का पक्षबीचमा नेतृत्वमा कसकसलाई ल्याउने भन्ने कुरामा पटक पटक छलफल भएपनि कुरा मिल्न सकेको छैन ।
रक्षामन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य एबम् तरुण दल चौथो महाधिवेसन निर्देशक समितिका सँयोजक बालकृष्ण खाँड, निर्देशक समिति सदस्यहरु सुरेन्द्र पाण्डे, ह्रिदयराम थानी, रामकृष्ण यादब, उदयसम्शेर राणा लगायतका नेताहरु सहमतीमा नेतृत्व चयन गर्ने कार्यमा रातदिन खटिरहेपनि बिशेषगरी सिटौला गुटलाई ब्यबस्थापन गर्न नसक्दा कुरा मिल्न सकेको छैन ।
नेताहरुका अनुसार कतिपय प्रतिनिधिहरु अधिवेसन लम्बिने छाँटकाँट देखेपछि जील्ला जान थालेका छन् भने अध्यक्ष सहित केहि नेताहरुको टीम बनाएर बाँकीलाई पछि मनोनीत गर्ने कसरत समेत भईरहेको बताईएको छ ।
नेतृत्वमा पार्न दबाब दिन तरुण कार्यकर्ताहरुको लाईन नेताहरुको होटलमा लाग्ने गरेको छ ।