आर्थिक

यस्तो छ काठमाण्डौ उपत्यकामा लोडसेडिङको खास कुरा

काठमाडौं । राजधानीमा अहिले लोडसेडिङ हटेपछि कसरी यो सम्भव भयो र कहिलेसम्म यो जारी रहला भन्ने कौतुहलता सबैमा छ । लोडसेडिङ हुनुपर्छ र हुनुहुन्न भन्ने विषयमा नेपाल विद्युत् प्राधिकरणभित्रै अहिले विवाद रहेको कुरा पनि चर्चा भइरहको छ । के हो त खास कुरा ?
यसबारेमा प्राधिकरणको जवाफ छ,– आगामी चैत्रसम्म परीक्षणका रुपमा काठमाडौं उपत्यकासहितका १० जिल्लामा लोडसेडिङ हुनेछैन । प्राधिकरणले व्यवस्थापकीय र प्रणालीगत सुधार गरेकाले चैत्रसम्म परीक्षणका रुपमा लोडसेडिङ हटाएको छ । मंगलबारको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।