समाचार

सीमा नाकाबाट ४१ जना तिब्बती पक्राउ

कैलाली । कैलाली प्रहरीले पासपोर्ट र भिषा नभएका ४१ तिव्वती नागरिकलाई भारत प्रबेश गर्न लाग्दा सीमा नाकाबाट पक्राउ गरेको छ ।
काठमाडौंबाट बढिमालिका ट्राभल्सको बस रिजर्भ गरी ४ दिन लगाएर उनीहरु कैलालीको गौरिफान्टा पुगेका थिए । कैलालीबाट भारत प्रबेश गर्न लागेका उनीहरुलाई धनगढीको अध्यागमन कार्यालयले सोमबार नियन्त्रणमा लिएको छ ।

गैरकानूनी रुपमा नेपाल हुँदै भारत जान लागेको उनीहरुलाई पक्राउ गरेपछि नेपालस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई भारत प्रबेश दिन दवाव दिएको गृह स्रोतले जनाएको छ ।

ती तिब्बती नागरिकहरु प्रहरी प्रशासनलाई छल्दै चारदिन लगाएर कैलाली पुगेका थिए । उनीहरु कहाँ बस्दै र कुन बाटोको प्रयोग गरी त्यहाँ पुगे भन्ने गृहमन्त्रालयलाई नै जानकारी छैन । मंगलबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।