मनोरञ्जन

प्रियंका कार्कीलाई अब यो अवतारमा देखिने

काठमाण्डौ । अभिनेत्री प्रियंका कार्की हट अवतारमा देखिएकी छन् । फिल्म लालटिनमा समावेश चमेली वोलको गीतमा उनी हट अवतारमा देखिएकी हुन् ।

चलचित्र लालटिनमा समावेश चमेली वोलको म्युजिक लिरिकल भिडियो युट्युवमार्फत सार्वजनिक भएको छ । आस्था राउतको स्वरमा रहेको सो गीतमा किरण माइकलले संगीत दिएका छन् ।

अभिनेत्री कार्की सो भिडियोले चर्चा पाउन सुरु गरिसकेको छ । आगामी चैत्र १८ गतेदेखि रिलिज हुने तयारीमा रहेको सो चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, दयाहाङ राई, अर्जुनजंग शाही लगायतले अभिनय गरेका छन् ।