पु.समाचार

ठूला दलहरुले लोकमानलाई कारबाही गर्न नसके सिन्कोपनि भाँच्न नसक्ने चित्रबहादुरको दाबी

सुर्यखबरर सम्बाददाता,
काठ्माण्डौ । राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य दलहरुले अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख लोकमानसिँह कार्कीलाई नियुक्ती गर्नु र महाअभियोग लगाउनुको कारण माग गरेका छन् ।

शुक्रबारको संसदमा आक्रमक रुपमा प्रश्तुत भएका केसीले अब पनि लोकमान सिँह कार्कीलाई हटाउन नसकेमा ठूला दलहरु लाचार प्रमाणीत हुने आरोप लगाएका छन् ।

साँच्चिकै जनप्रतिनिधि हो भने शाही कालमा जनाआन्दोलन दमन गर्न मुख्य सचिबको भूमिकामा भएर राजयको ढुकुटी रित्याउन तल्लीन रहेका कर्कीलाई नियुक्त गर्नाको कारण समेत सोधेका छन्, र रोष्ट्रममा आएर उक्तर दिन समेत भनेका छन् ।

लोकमान भ्रष्टाचारी भएकोले निजलाई कारबाही गर्नुपर्ने आफ्नो धारणा राख्दै लोकमानको बिषयमा धेरै हल्ला गरेर पछि हात्ति आयो हात्ति आयो फुस्सा हुने भन्दै एउटा भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने सरकारले सिन्कोपनि भाँच्न नसक्ने आरोप लगाएका छन् ।