पु.समाचार

प्रधानमन्त्री दहाल र एमाले अध्यक्ष ओलीबीच संबिधान संसोधनका बिषयमा तीब्र बिबाद

सुर्यखबर संबाददाता,

काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिँहदरबारस्थित सभामुख ओनसरी घर्तिको कार्यालयमा ४० मीनेट कुराकानी भएपनि संबिधान संसोधनको बिषयमा सहमति हुन सकेन ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आफूहरुलाई किन संबिधानसंसोधन गर्ने भन्ने बिषयमा कुरा नआएकोले एमालेले संबिधान सँसोधनमा ठोस निर्णय नआई सहमती जनाउदैन । प्रधानमन्त्रीले संबिधान संसोधनमा सहयोग गर्न आग्रह गरेपनि ओलीले सहमत गरेका छैनन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार दुई नेताहरुबीच सँबिधान सँसोधनका बिषयमा सकारात्मक कुरा भएको छ । प्रधानमन्त्री दहाले बैठक डाक्नु अघि काँग्रर र आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेका थिए ।
एमालेले सँबिधान संसोधनमा सहमति जनाउने संभाबना अझ घटेर गएको पछिल्लो राजनीति घटनाक्रमले देखाएको छ ।