समाचार

पोखराको हङकङ बजारमा भीषण आगलागी

पोखरा । गएराती पोखराको हङकङ बजारमा भीषण आगलागी भएको छ । पृथ्वीचोकस्थित सो बजारमा लागेको आगलागीमा परेर करिब ३० वटा सटरहरु जलेर नष्ट भएका हुन् । आगलागीमा सटरका अतिरिक्त त्यहाँभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न लगायतका सामाग्रीहरु जलेर नष्ट भएको छन् ।

आगालाीमा ५ करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । विद्युत सर्ट भएर आगलागी भएको बजार व्यवस्थापन समितिले जनाएको छ । राती १० बजे लागेको आगो नियन्त्रण लिन करिब ४ घण्टा लागेको थियो ।

हङकङ बजारको बी ब्लकबाट सुरु भएको आगोले छेउकै अर्को ब्लकमा रहेका केही सामान जलेको जनाइएको छ । बी ब्लकका २९ वटा सटर ध्वस्त भएको जनाइएको छ । आगो सेना,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।