अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा बिजयी, २७० आवश्यक पर्नेमा २७६ आईसक्यो, अझै केहि मत गन्न बाँकी(अपडेट)

सुर्यखबर सँबाददाता,

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्बाचनमा कडा प्रतिश्पर्धाकाबीच भएको निर्बाचनमा रिपब्लिकन पार्टीका उमेर्द्वार डोनाल्ड ट्रम्प ४६ औं राष्ट्रपतिमा निर्बाचित भएका छन् । आप्रबासी कडा नीतिका कारण केहि आलोचना समेत खेपेका ट्रम्पको निर्बाचनमा हिलारीको इमेल काण्डका कारण भोटमा केहि सुध्रिएकारण जित हाँसिल गर्न सफल भएको बिश्लेशकहरुले बताएका छन् ।

बिश्वभर ट्रम्पका समर्थकहरुले ट्रम्प विजयीभएकोमा हर्षित हुँदै खुसीयाली जुलुस निकाली रहेका छन् ।

कडा प्रतिश्पर्धा हुने र झिनो मतले डेमोक्रयाटिक उमेर्द्वार हिलारी क्लिन्टन बिजयी हुने सर्बेक्षणले देखाएको भएपनि ट्रम्पले आफ्नो पक्षमा जीत हाँसिल गर्न सफल भएका छन् ।
। हालसम्म ट्रम्पले २ सय ७६ र हिलारीले २ सय १८ जितेको वासिङग्टन पोष्टले बताएको छ ।
कडा स्वभाबका अमेरीकन सफल ब्यावशायी समेत रहेका डोनाल्ड ट्रम्पका बिरुद्धमा अमेरीकामा बस्ने नेपालीहरुले बिरोध गर्दै हिलारीलाई सघाएका थिए । अब नबनियुक्त राष्ट्रपतिले आप्रबासीको बिषयमा कस्तो कदम चाल्छन् त्यो त हेर्न बाँकी नै छ ।