आर्थिक

नेपालमा पनि भारतीय एकहजार र पाँचसय प्रतिबन्ध !

कृष्ण आचार्य/
काठमाडौं । भारतमा हजार र पाँच सयका नोट प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्रबैकले बैक तथा बित्तिय सँस्थाहरुलाई नेपालमा भारतीय पाँच सय र हजारका नोटहरु नसाट्न आदेश दिएको छ ।

राष्ट्रबैकका अनुसार भारतको केन्द्रीय बैंकसँग छलफल गरेर मात्र उक्त नोटहरुबारे आधिकारीक धारणा दिने राष्ट्रबैंकले बताएको छ ।

मंगलबारबाट भारत सरकारले उक्त प्रतिबन्ध लगाएपछि बुधबार बिहान बसेको राष्ट्रबैंकको आकस्मिक बैठकबाट राष्ट्रबैंकले उक्त निर्णय गेको हो ।

राष्ट्रबैंकले चाँडै नै भारतीय केन्द्रीय बैँकसँग कुरा गरेर यसको उत्तर दिने राष्ट्रबैँकका सहायक प्रवक्ता राजनेन्द्र पंडीतले बताएका छन् ।