अन्तर्राष्ट्रिय

मोदीको एक हजार र पाँच सयको नोट प्रतिबन्धले बिश्वभर हलचल !

सुर्यखबर संबाददाता,

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा एक हजार र पाँच सयका नोटहरुमा प्रतिबन्ध लगाएका छन् । हजार र पाँच सय नोट भएकाहरुले बुधबार बेलुकी सम्म बैंक तथा संबन्धित ठाँउहरुमा साटिसक्नुपर्ने बताएका छन् ।

कालो धन जम्मा गरेर धेरै भ्रष्ट तथा कालोबजारीयाहरुले राज्यलाई घाटा पुर्याएको आरोप भारतीय बुद्धिजिबिहरुले लगाईरहेका बेला मोदीले कालोधनलाई निस्तेज गर्ने प्रयास स्वरुप उक्त कदम चालेको भारतीय संचारमाद्यमहरुले बताएका छन् ।
उक्त पाँच सय र एकहजारका नोटहरु डिसेम्बर ३० तारिकभित्र बैंकमा जम्मा गरि बैध बनाउन सकिने प्रधानमन्त्री मोदिले मंगलबार राष्ट्रका नाममा गरेको संबोधनमा खुलाएका छन् ।

बिहीबार अथवा नोभेम्बर ११ गते राती १२ बजेसम्ममात्र भारु एक हजार र पाँच सयका नोटहरु बजारमा चल्ने जनाईएको छ ।

एक हजार र पाँच सयको नोट बन्द गरेर दुई हजारको नोट ल्याउने तयारी गरेको भारत सरकारको कदमबाट भारत लगायत बिश्वमा हलचल मच्चिएको छ ।

कालो धन्दा गरि अकुत सम्पती कमाएकाहरुको होस उडेको भारतीय जनता पार्टीका नेताहरुले प्रतिकृया दिएका छन् । काँग्रेस आई लगायतका दलहरुबाट अहिलेसम्म प्रतिकृया आएको छैन ।