अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति निर्बाचन नतिजामा हिलारी भन्दा ट्रम्प धेरै अगाडि

सुर्यखबर सँबाददाता,
काठ्माण्डौ । अमेरीकामा मंगलबार भएके राष्ट्रिपतीय निर्बाचनको मतपरिणाम आउने क्रम जारी छ । अनुमान गरिएभन्दा फरकध तरीकाले मतपरिणाम सार्बजनिक भईरहेको छ । मतगणनाको शुरुवातीमा हिलारी क्लीन्टनले अग्रता कायम गरेपनि पछिल्लो समयमा डोलान्ड ट्रम्पको अग्रता देखिएको छ ।

डेमोक्रयाटिक पार्टीकी उमेर्दद्वार हिलारी क्लिन्टनको १०९ इलेक्टोरल कलेज छ भने रिपब्लिकन पार्टीका उमेर्दद्वार डोनाल्ड ट्रम्पको १६८ इलेक्टोरल कलेज छ । ५० राज्य मध्ये २८ वटाको मतपरिणाम अनुसार अन्तिम नतिजा सार्बजनिक भएको छ । ५३८ इलेक्टोरल कलेजमा निर्बाचित हुनको लागि २७० इलेक्टोरल कलेज आवश्यक अमेरीकी नियम छ ।

मिडीमाका अनुसार हिलारी र ट्रम्पबीच कडा प्रतिश्पर्धा हुने र केहि इलेक्टोरल कलेजले हिलारीले जित्ने अपेक्षा गरिए बमोजीमको मत परिणामहरु आएको छैन ।

ओहायो राज्यमा हिलारीले लिड गर्नुपर्ने आँकलन गरिएपनि परिणाम त्यसो नभएपछि ट्रम्पलाई फाईदा पुगेको छ । फ्लोरीडा राज्यको समेत मतले भाईटल रोल खेल्ने हुँदा दुबैपक्षका आँखा त्यता मोडिरहेका छन् ।