समाचार

नेपालीलाई पहिलो अन्तराष्ट्रिय अवार्ड

तुलसा खनाल
काठ्माडौ / पर्यटन व्यावसायी एवं समाजसेवी अंकल तामाङ ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित हुनु भएको छ ।
अमेरीकाको ‘लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम’ नामक सस्थाले तामाङले गरेको सामाजिक कार्यको मुल्याङकन गरी अक्टोबर २२ गते अवार्ड बाट सम्मानित गरेको हो । तामाङ सामाजिक कार्य गरेका १ सय ८ जना प्रतिस्पर्धि मध्येबाट उत्कष्ट सामाजिक कार्य गरे बापत आफुलाई ह्युमेनिटेरियन बाट सम्मानित गरेको तामाङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।
तामाङलाई प्रदान गरिएको अवार्ड नेपालमै पहिलो हो । तामाङले नेपाल कोरिया कल्चरल एक्सचेञ्ज एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरी सन् २०११ देखी १९ जना अनाथ, असहाय र गरिब बालबालिकाहरुलाई छात्रावृत्तिमा विभिन्न विद्यालयहरुमा अध्ययन गराउनुका साथै मासिक २ हजार भत्ता समेत उपलब्ध गराउदै आउनु भएको छ ।
यस्तै तामाङले आफ्नो सस्था मार्फत गतबर्ष गएको भुकम्पमा २ करोड बराबरको राहत समाग्री उपलब्ध गराउनु साथै काभ्रेमा ३० वटा अस्थायी घर निमार्ण गरेको जानकारी दिनुभयो । पर्यटन व्यावसायी समेत रहेका तामाङले सन् २०१७ भित्र ३ सय ६५ वटा स्थायी घर बनाउने तयारी समेत गर्नुभएको छ । यस्तै तामाङलाई अक्टोबर ८ गते उत्कृष्ट स्वयमसेवकीय भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन आफ भोलेन्टियर सेन्टरले भोलेन्टियर अफ दी इयर २०१६ बाट समेत सम्मानित गरेको छ । तामाङले आवर्ड पाउनु देशकै लागी गौरवको विषय भएको भन्दै आगमी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।