विचार/ब्लग

हिमाल, पहाड र तराईका जनताले प्रधानमन्त्री दाहाललाई सोधे “काठ्माण्डौमात्र झिलिमिलि बनाउने ?”

सुर्यख्बर सँबाददाता,

काठ्माण्डौ । प्रधानमन्त्री पुष्पकमल दहालले काठ्माण्डौ उपत्यकालाई लोडसेडिङ मुक्त गर्न निर्देशन दिएका छन् । नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दहालले निर्देशन दिनुभन्दा अगाडी नै बिद्युतप्राधिकरणका प्रमुखले काठ्माण्डौ उपत्यकालाई लोडसेडिङ मुक्त गर्ने योजना ल्याईसकेको समाचार छ्याप्छ्याप्ती भएको थियो । प्रधानमन्त्रीले आफ्नो राजनीतिक छबि बढाउनको लागी उक्त काठ्माण्डौ झिलिमिलि बनाउने निर्देशन दिएको प्राधिकरण श्रोतको दाबी छ ।

लोडसेडिङ मुक्त गर्ने योजना भन्दा कार्यान्वयन ज्यादै महत्वपूर्ण भएको बिज्ञहरुले बताएका छन् । लोडसेडिङ मुक्त भएमा राजधानीबासी खुसीले गद्गद् हुने त सामान्य नै होला तर कसरी मुक्त गर्ने लोडसेडिङ भन्ने कुरा पनि जनता जान्न चाहन्छन कि ?
सामान्यतयाः बिजुलीबालेर लोडसेडिङमुक्त गर्ने तीनवटा बाटा छन्

१.– बिदेशबाट बिद्युत खरीद गरेर,

२– मुलुकमा नै पावर बढाएर

३– काठ्माण्डौ बाहिरको पावर काटेर

लोडसेडिङ मुक्त गर्दा उपत्यका बाहिरको पावरलाई काटेर काठ्माण्डौ उपत्यकामा मात्र उज्यालो पार्ने प्रधानमन्त्री र बिद्युत प्राधिकरणको योजना छ भने त्यो दुर्भाग्य हुन्छ, तराई, पहाड र हिमाली जनताका लागी दुर्भाग्य हुन सक्छ, प्रधानमन्त्री दहालले काठमाण्डौ बाहिरका जनतालाई उपेक्षा गरेको आरोप बाहिरका जनताले लगाउने छन् । काठ्माण्डौ बाहिरको पावर कट् गरेर काठ्माण्डौ उज्यालो बनाउनुभन्दा हाईड्रो पावरमा सरकारले लगानी गरेर पावर बढाई मुलुक नै झिलिमिलि बनाउनु सोभनीय हुने छ ।

काठ्माण्डौ झिलिमिलि बनाउनु महत्वपूर्ण भएपनि तराईमा बलिरहेको आन्दोलनको आगो पावरका कारणले पुनः ब्यूतिदैन भन्ने छैन । अहिले केहि हदसम्म तराईको आन्दोलन असफल मोडमा गएको हो कि भन्ने छ तर यही पावरका कारण पहाड र हिमालमा समेत प्रधानमन्त्री पुष्पकमल दहाल र सरकारको बिरुद्धमा आन्दोलन आउने सम्भाबना यतीकै देखिन्छ। एमालेले समेत सरकारलाई सिध्याउने एजेण्डा खोजिररहेको छ । बलियो प्रतिपक्षी नेकपा एमालेको   मुख्य एजेण्डा नबनोस पावर कट, काठ्माण्डौ झिलिमिलि !