मनोरञ्जन

बिष्णु माझिको “अजम्बरी माया” बजारमा

सुर्यखबर सम्बाददाता,
काठ्माण्डौ । रामजी बोहराको प्रस्तुतिमा रहेको  “अजम्बरी माया ” बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई लय गणेश अधिकारीले र शब्द रामजी बोहराले भरेका हुन् भने यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझी र अविरल बोहराको सुमधुर स्वर सुन्न सकिने गायकले बताएका छन् ।

ajambari-maya

मगर क्रिएसनले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भन्ने छायांकन राजेश घिमिरेले गरेका छन् र सम्पादन सुजन शाहीले गरेका हुन् । “अजम्बरी माया ” यस गीतको कथा वस्तु अनुसार सारिका के सी र गणेश अधिकारीको उत्कृष्ठ अभिनयले पनि यस गीतलाई न्याय गरिएको बताईएको छ।