खेलकुद

फिफाको मनोनयनमा परे २३ चर्चित खेलाडी (नामसहित)

एजेन्सी– विश्व फुटबल जगतको प्रशाशनिक निकाय फिफाले सन् २०१६ को मनोनयनमा परेका विश्वभर स्थापित र चर्चित खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । फिफाले पहिलोपटक मनोनयनमा परेका २३ जना विश्वभर स्थापित खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

यसअघि फ्रान्सेली फुटबल म्यागेजिनले गर्दै आएको यो काम यो वर्षदेखि भने आफैले सुरु गरेको बताइएको छ । फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ ।

अवार्डका लागि मतदान प्रक्रिया अप्नाइने जनाइएको छ । फिफा र फ्रान्सेली फुटबल म्यागजिनसँगको सम्बन्ध भने टुटेको बताइएको छ । यी हुन् फिफाले सार्वजनिक गरेका खेलाडीहरु :
१) सर्जियो अग्युरोः म्यानचेस्टर सिटी/अर्जेन्टिना
२) ग्यारेथ बेलः वेल्स/रियल मड्रिड
३) जियानलुइजी बुफोनः इटाली/युभेन्टस
४) क्रिष्टियानो रोनाल्डोः पोर्चुगल/रियल मड्रिड
५) केविच डि ब्राउनः बेल्जियम/म्यानचेस्टर सिटी
६) एन्टोनी ग्रिजम्यानः फ्रान्स/एथ्लेटिको मड्रिड
७) जाल्टन इब्राहिमोविचः स्वीडेन/पेरिस सेन्ट जर्मेन/म्यानचेस्टर युनाइटेड
८) आन्द्रेस इनिएस्टाः स्पेन/बार्सिलोना
९) एन गोलो कान्टे : फ्रान्स /लिसेस्टर सिटी /चेल्सी
१०) टोनी क्रसः जर्मनी/रियल मड्रिड
११) रोबर्ट लेवान्डोस्कीः पोल्याण्ड/बायर्न म्युनिख
१२) रियाद महरेजः अल्जेरिया/लिसेस्टर सिटी
१३) लियोनल मेस्सीः अर्जेन्टिना/बार्सिलोना
१४) लुका मोड्रिकः क्रोएसिया/रियल मड्रिड
१५) म्यानुएल नुएरः जर्मनी/बायर्न म्युनिख
१६) नेइमारः ब्राजिल / बार्सिलोना
१७) मेसुट ओजिल : जर्मनी आर्सनल
१८) दिमित्री पेयटः फ्रान्स/वेष्ट ह्याम
१९) पउल पोग्बाः फ्रान्स/युभेन्टस/म्यानचेस्टर युनाइटेड
२०) सर्जियो रामोसः स्पेन/रियल मड्रिड
२१) एलेक्स सान्चेज : चिली /आर्सनल
२२) लुइस स्वारेजः उरुग्वे/बार्सिलोना
२३) जेमी भर्डीः इंग्ल्याण्ड/लिसेस्टर सिटी