अन्तर्राष्ट्रिय

चीनमा लङमार्च अन्तरिक्षयान प्रक्षेपण

एजेन्सी– चीनले फेरि एकपटक अन्तरिक्ष अभियानको यात्रामा सफलता प्राप्त गरेको छ । अहिलेसम्मकै ठूलो भार क्षमताको लङ मार्च नम्बर पाँच रकेट सफलतापूर्वक अन्तरिक्ष केन्द्रमा प्रक्षेपण भएपछि चीनले उक्त सफलता प्राप्त गरेको हो
नयाँ पुस्ताकै क्यारियर रकेटका रुपमा चिनिएको सो यान बिहीबार राती आठ बजेर ४३ मिनेट जाँदा प्रक्षेपण भएको जनाइएको छ । प्रक्षेपण गरिएको ३० मिनेट पछि सो रकेट अन्तरिक्ष केन्द्रमा पुगेको चिनियाँ सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यो रकेट प्रक्षेपणले चीनको मात्र होइन अन्तर्राष्ट्रिय जगतमै सबैभन्दा अग्रस्थान ओगट्न सफल भएको बताइएको छ । यो अभियानले चीनको क्यारियर रकेटसँग जोडिएको विज्ञान र प्रविधि सिर्जनशीलताको स्तर प्रतिबिम्बन भएको लङ मार्च ५ नम्बर रकेट परियोजनाका महानिर्देशक वाङ च्युले बताएका छन् ।