पु.समाचार

फेरि अटेर गरे लोकमानसिंह कार्कीले

काठमाडौं । सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्याचएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।

सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तारेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन् । कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो । त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो ।

त्यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपर्थ्यो । उक्त मितिमा सार्वजनिक विदा भएकाले कार्यालय खुलेको दिन अर्थात् कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो । तर कार्की त्यसको बेवास्ता गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् । शनिबारको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।