कृषि

तरकारीवाली कुशुमले टपिन पाकिस्तानी युवा अरसद खानलाई !

सुर्यखबर सँबाददाता, 

काठमाडौं । पर्यटन ब्याबशाय सँचालन गर्दै आएका रुपचन्द्र महर्जनले गोरखामा तरकारी बेच्न बजार जाँदै गरेकी एक किशोरीको तस्वीर खिचेर आफ्नो फेसबुकमा पोस्ट गरे ।

पोष्ट गरेको केहिबेरमा नै उनले गरेको पोष्ट सँसारभर भाईरल भयो । त्यो थाहा पाएर महर्जनले किशोरीलाई अप्ठेरो पर्छकि भनेर उक्त फोटो आफ्नो अकाउण्टबाट डिलेट गरे, तर उक्त फोटो संसारभर भाईरल भईसकेकोले उनले डिलेट गरेकोले केहि अर्थ रहेन ।

हाल भाईरल भएकी किशोरीको बखान गर्ने बीबीसी लगायतका अन्तर्राष्ट्रिय मीसिडयाहरु समेत लागीरहेका छन् । कसैले मेहेनती भनेर लेखेका छन् त कसैले सुन्दर भनेर आआफ्नै तरीकाले किशोरीको बर्णन गर्ने मीडीयाहरुको लर्को नै लागेको छ ।

केहिदिन अगाडी चियाबेचिरहेका पाकिस्तानी एक युवा अरसद खान यसैगरी सामाजीक सँजालमा भाईरल भएर मोडलिँगतिर आफ्नो पेशा नै परिवर्तन गरिसकेको समाचार समेत आईसकेको छ ।

बिभिन्न समाचार अनलाईनहरुका चितवनमा ११ कक्षामा अध्ययनरत कुसुम श्रेष्ठको तरकारी बेचेको फोटो अहिले सँसारभर भाईरल बनेका पाकिस्तानी युवाभन्दा माथी पुग्दै गरेको फेसबुकमा कुसुमको नाम खोज्नेहरुको रेकर्ड हेर्दा थाहा भएको कुशुमको बयान गर्नेहरुले बताउछन् ।