पु.समाचार

तरुण दल भँग गरि राणाको अध्यक्षतामा कमिटि गठन गर्ने काँग्रेस नेताहरुको गृहकार्य तीब्र

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुणदलको चौथो महाधिवेसन कात्तिक २७ गतेबाट निर्धारित मितिमा हुने भएको कुरा तरुण दल महाधिवेसन निर्देशन समितिका सँयोजक शुरेन्द्र पाण्डे र तरुण दलका अध्यक्ष उदय सम्शेर राणाले बिहीबार पोखरामा गरिएको पत्रकार सम्मेलन मार्फत दिएका छन् ।

तर अझै केहि जील्लामा बिबादका कारण तरुण दलको अधिवेसन हुन नसकेको र १५ भन्दा बढि जील्लामा बिबाद कायम रहेको हुनाले तोकिएको मितिमा कुनैपनि हालतमा अधिवेसन सम्पन्न हुन नसक्ने ठोकुवा तरुण दलका एक नेताले पत्रकार सुर्यखबरलाई बताए ।

सँस्थापन समूहले प्रतिनिधि छनौटमा धाँधली गरेको आरोप लगाएका उनले चाँडै नै पत्रकार सम्मेलन गरेर तरुण दलको अधिवेसन तोकिएकै मितिमा सम्पन्न गर्न र त्यो भन्दा अगाडी धाँधलस् भएका जील्लाहरुमा पुनः अधिवेसन गरेरमात्र केन्द्रीय अधिवेसन गर्न दबाब दिनेछन् । त्यसो गर्न काँग्रेस पार्टी नेतृत्व र तरुण दलको हालको नेतृत्व सहमत नभएमा आफ्नो समूह उक्त अधिवेसनमा भाग नलिने पत्रकार सम्मेलन मार्फत नै जानकारी दिने उनले बताएका छन् ।

प्रतिनिधि छनौटमा संस्थापन पक्षले धाँधली गरेको आरोप पौडेल पक्षले लगाएको छ भने पौडेल पक्षले चुनाब हार्ने डरले सँस्थापन बिभिन्न आरोपमा तरुणदलको अधिवेसन सार्न पौडेल पक्ष लागेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलन गरेर समयमा अधिवेसन गर्ने र अबरोध गर्ने भन्दा पनि एक थरी तरुण दलका नेताहरुले तरुण दलको कमिटी भँग भई नयां कमिटि बनाउने गृहकार्यमा माउ पार्टीका नेताहरु भित्रभित्रै सकृय भईरहेको आरोप लगाईरहेका छन् । कमिटि भँग भएर नयाँ कमिटी बनेमा तरुण दलका बर्तमान अध्यक्ष उदय शम्सेर राणा नै पुनः अध्यक्ष बन्ने सम्भाबना रहेको बताईएको छ । शेरबहादुर देउवाका बिश्वास पात्र रहेका राणाले देउवालाई पूर्ण रुपबाट सहयोग गरिरहेका कारण राणासँग सभापति देउवा समेत सन्तुष्ट रहेको काँग्रेस नेताहरुको ठम्याई छ ।

अर्कातिर रक्षामन्त्री समेत रहेका तरुण दलका सबैले मानेका नेता एबम् कााग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले समेत उदयसम्शेरलाई पुनः अध्यक्ष बनाउन लबिगं गरिरहेको बताईएको छ ।

राणालाई अध्यक्ष बनाएपछि पौडेल र सिटौला खेमाबाट भागबण्डाका आधारमा कमिटि गठन गरिन लागिएको छ । तरुण दलको केन्द्रीय कमिटि कमिटि भँग अधिवेसन हुनु पूर्ब नै गर्ने तयारी भएको बताईएको छ ।

काँग्रेसका केहि प्रभाबशाली नेताहरु कुनैपनि हालतमा केहि समय सारेर भएपनि अधिवेसन गर्नुपर्ने पक्षमा समेत लागेका छन् । तर पछिल्लो राजनीतिक परिस्थीतिमा नेबिसँघ र महिलासँघबाट नेताहरुले सोचेजस्तो परिणाम नआएपछि अधिवेसन नगराई कमिटि गठन गर्ने पक्षको बलियो पकड, भएको देउवा निकट स्रोत बताउछ ।