पु.समाचार

पैदल यात्रुलाई भारतीय राष्ट्रपतिको सावारीको समयमा रोकिएको छैन – नेपाल प्रहरी

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको पहिलो दिन बुधबार पैदल यात्री समेत हिड्न नमिल्ने गरि प्रहरीले अबरोध गरेको भन्ने समाचार सत्य नभएको नेपाल प्रहरीले जनाएको छ । सवारीको बेला सडकको बीचमा हिड्न नदिएको तर सडक पेटीमा हिँडेका पैदल यात्रुहरुलाई कुनै अबरोध नगरिएको प्रहरीको जीकिर छ ।
प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले बाटो हिड्ने बटुवालाई समेत सवारीका बेला रोकिएको भन्ने समाचार गलत भएको पुष्टी गरेका छन् । बिहीबार समेत बाटोमा बैकल्पीक बाटो प्रयोग गर्न समेत प्रहरीले सर्बसाधारणलाई अनुरोध गरेको छ ।