मनोरञ्जन

“रातेलाई यो कुरा मन परेन” र “साथीहरुका लागी यो हात सलाम दुस्मनका लागी यो हात फलाम” सबैभन्दा लोकप्रीय डाईलग

सुर्यखबर सँबाददाता,
कठ्माण्डौ । दर्शकहरुका लागी सिनेमा मन पर्ने मुख्य पाटो के हो त ? छाडिदिउ हलिउड र बलिउडको कुरा अब नेपाली फिल्ममा नायकका रुपमा राजेश हमाल र खलनायकका रुपमा सुनिल थापालाई सबैभन्दा बढी मन पराउनुको मुख्य कारण के हो त? सिनेमाको ब्यबस्थापन, कलाकारकहरुको अभिनय, कथा, गीत सँगीत लगायत सबै क्षेत्रको सिनेमा हिट हुन मूख्य भूमिका हुन्छ र सफलता पाउनकालागी ब्यबस्थापनले सबैखाले कसरत गरेपनि सबै सिनेमाहरु हिट हुदैनन्, दर्शकहरुलाई सिनेमा मन पर्नुको सबैभन्दा महत्वपूर्ण पक्ष के हो त ?

दुनियामा गीत, संगीत, नाटक मन नपराउने मान्छे नै हुँदैन भन्ने प्रमाणीत नै भईसकेको कुरा हो, तर यसमा कसलाई कस्तो गीत, संगीत, अभिनय वा नाटक मन पर्छ भन्ने कुरा फरक हुन सक्छ । नेपाली सिनेमाको धेरै ठूलो ईतिहास नभएपनि सिनेमाको सुरुवातदेखि नै नेपाली सिनेमामा बिशेष प्रकारको गुणस्तर भएको नेपाली सिनेमाका दर्शकहरुको बुझाई छ । सिनेमा हिट हुने एउटा मुख्य पार्ट हो डाईलग, फिल्मको कथाबस्तु, अभिनय सबैभन्दा महत्वपूर्ण देखिएपनि दिमागमा झुण्डिने खालको डाईलग छ भने अनन्तकाल सम्म दर्शकहरुको मुखमा सिनेमाको नाम झुण्डिरहन्छ ।

जस्तै नेपाली सिनेमाका महानायक राजेश हमालले बोलेको चलचित्र “पृथीबी”मा डाईलग “साथीको लागी यो हात सलाम, दुस्मनको लागि यो हात फलाम” भन्ने चर्चित छ, त्यस्तै राजेश हमालकै अर्को देऊता फिल्ममा त्यतिकै चर्चित भएको डाईलग “मान्छे हुँ म मान्छे तर तँ जस्ता अशुरको लागी शंकर, नरपीचासको लागी नृसँह, तँ जस्तो रक्तपीजको लागी नरदेबी, उग्रचण्डी, भद्रकालीको छोरा शंकर हुँ म शंकर” भन्ने डाईलग पनि उत्तिकै चर्चित छ,  देउतामा भिलेनको रुपमा युबराज लामाले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेक थिए ।

नेपाली चलचित्रका अर्का पुराना र नेपाली फिल्मका दर्शकहरुका लोकप्रीय दर्शकहरुका लागी मन पर्ने नायक भूवन केसीको सिनेमा नेपालीबाबुमा सुनिल थापाले बोलेको अर्को चर्चित डाईलग “न आमा ठूलो न बाबु ठूलो ठूलो त पैसा” भन्ने डाईलग नेपालीहरुको ओठमा झुण्डिनेमात्र होईन, घरपरिवार त्यागेर पैसा कमाउन खाडी राष्टर् जाने साधारण नेपाली जनता देखि मुलुकमा समाजसेवाका नाममा भ्रष्टाचार गरेर अकुत सम्पती जोड्ने राजनीतिज्ञहरुसम्मलाई ब्याबाहारिक रुपमा नै महत्वपूर्ण बनाउन बाध्य पारेको छ । समाजका सबै तत्वहरुलाई आर्थिक प्रभाबमा पारेर अर्बौ कर छल्ने ब्यापारी, उद्योगपतिदेखि पशुपतिमा चामल माग्न समेत १० वटा भाँडा एकैजनाले राख्ने माँग्ने सम्मलाई यो अलि पुरानो सिनेमाको डाईलगले झनै नयाँ र अर्थपूर्ण डाईलग बनाईदिएको छ सबैको ब्याबहारिक जिबनमा ।

नेपाली सिनेमा जगतमा राजेश हमाल र भूवन केसी पछि बलिउडमा समेत कलाकारको भूमिका पाईसकेका नाम नलिईकन नहुने महत्वपूर्ण कलाकार खलनायक सुनिल थापालाई देख्ने बित्तिकै कलेज पढ्ने कटीहरु पनि रियल लाईफमा भाग्थे भन्ने नयाँ कुरा होईन, थापाले चीनो फिल्ममा बोलेको एउटा “रातेलाई यो कुरा मन परेन” भन्ने डाईलगका कारण दर्शकहरुलारुई नै डराउने भिलेनको रुपमा चित्रण गराएको दर्शकहरुकोस्वीकारोक्ती छ ।

“चीनो” फिल्म अघि र पछि सुनिल थापाको भूमिका प्रायःकेटी जिस्क्याउनु, रेप गर्ने प्रयास गर्नु तथा अन्य डेन्जर कार्यमात्र गर्ने भूमिकामा देखिनुले पनि थापाप्रति दर्शहरुले मनपराएर त्यो भएको होला, यी तीत कालाकारका प्रायः सबै डाईलगहरु राम्रा भएपनि प्रश्तुत गरिएका डाईलगहरु दर्शकहरुले मन पराएका फेसबुक, युट्युब लगायतमा मनपराईएका डाईलगहरु देखिन्छन् ।

पछिल्लो समयमा लुट फिल्म दर्शकहरुको माझ लोकप्रीय बन्यो, उक्त फिल्ममा “बल होईन पासा दिमाग लगा दिमाग” भन्ने डाईलग उत्तिकै चर्चित बन्यो यसै डाईलगका कारण सिनेमा हिट भएको बताईन्छ, यसै फिल्ममा सौगात मल्लको “काठ्माण्डौ शहर हेर्दा लाग्छ रहर साला गिद्दैगिद्धको सहर दिमाग चला साला पैसा खर्च बढा” भन्ने डाईलग पनि दर्शकहरुलाई लोभ्याउन महत्वपूर्ण साबित भएका छन् ।

सुखमा मात्तिने र दुःखमा आत्तिनेहरुलाई ठीक लगाउने खालको अर्को नयाँ सिनेमाको डाईलग चलचित्र छड्केका बीपिन कार्कीले बोलेको “मि. चुलबुल धेरै चुलबुल नगर्नु हामीलाई थाहा छ कहाँबाट छाद्नुपर्ने हो कहाँबाट पाध्नुपर्ने हो“, भन्ने पनि ब्यबाहाकि जिबनमा समेत आउने खाल्को डाईलग हो ।

पछिल्लो समयमा दर्शकहरुको मन तानेर सफल कलाकारको रुपमा परिचित भएका दयाहाँग राईको कबड्डी सिनेमाको चर्चित डाईलग “मनपरेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टा नै ठीक छ” भन्ने पनि दर्शकहरुको माझ लोकप्रीय भएको छ । यो डाईलग युवापुस्तामा साह्रै लोकप्रीय भएको छ ।

यी डाईलगहरुका साथै अन्य चर्चित डाईलग र दर्शकहरुमाझ लोकप्रीय नेपाली सिनेमा छन्, अन्य महत्वपूर्ण कलाकारहरु पनि छन्, राजेन्द्र खड्गी, दिनेश शर्मा, युबराज लामा, शिब श्रेष्ठ, दिलीप रायमाझी, शुसील पोख्रेल, धिरेन शाक्य, करिस्मा मानन्धर, जल शाह, गौरी मल्ल, निरुता सिँह, नारायन पुरी लगायतका धेरै मुलुकले सम्मान गर्नुपर्ने कलाकारहरु भएपनि हामीले पाठकहरुका माझ केहि पुराना र नयां डाईलगहरु पश्किने प्रयास गरेका हौं । हाम्रो सिनेमाको बिषयमा खोजीनीति गर्ने प्रयास जारी नै रहने छ ।