पु.समाचार

सोमबार गोबद्र्धन पुजा गरिदै

काठमाण्डौ । हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारको सोमबार चौथो दिन । यमपञ्चक अन्तर्गत सोमबार गाई, गोरु अर्थात गोबद्र्धनको पुजा गरी मनाईदैछ ।

हिन्दु धर्माबलम्बीहरुले औंसीकै दिन गाईको पुजा गर्ने चलन भएपनि चौथो दिन गाई र गोरुको समेत एकैपटक पुजा गर्ने परम्परा हिन्दु धर्ममा उल्लेख छ ।

गाईलाई हिन्दुहरुले लक्ष्मीमाताको रुपमा समेत मान्ने गर्छन् । जसको गोबरदेखि दुःधसम्मको महत्व निकै रहेको हुन्छ । गाईलाई गौमाता भनेर पुजा गर्ने हिन्दुहरुले गोरुलाई पनि उत्तिक्कै मानेर पुजा गरेको देखिन्छ ।