आर्थिक

बक्राहापीडित किसानका लागि २२ लाखको योजना

मोरङ । जिल्लाको बक्राहा बाढीपीडित किसानका लागि जिल्ला कृषि विकास कार्यालयले राहत कार्यक्रम ल्याउने भएको छ । बाढीबाट क्षति पुगेका जग्गाधनी किसानलाई लक्षित गरेर राहत कार्यक्रम ल्याउन लागेको कृषि कार्यालयले जनाएको छ ।

कृषकको राहतका लागि २२ लाखको योजना केन्द्रमा पठाएको कार्यालयका बाली प्रसार अधिकृत सत्यदेव मण्डलले बताए ।

बालुवाले पुरेको जग्गामा उपयुक्त खेतीका लागी सोलार पम्पदेखी मल, बीउ तथा कीटनाशक औषधि तथा माछाका भुुरामा अनुुदान जस्ता राहतका कार्यक्रम ल्याउन लागेको अधिकृत मण्डलको भनाइ छ ।

च्याउको बीउ, तरकारी तथा उन्नत जातका बीउ तथा सिँचाइका लागि पनि कार्यक्रम कार्यालयले केन्द्रमा सिफारिस गरेको र ती कार्यक्रम चाँडै स्वीकृत भएर आउने मण्डलले जानकारी दिए । रासस