खेलकुद

पाइलट नभएपछि प्याराग्लाइडिङ खेलनै बन्द

काठमाडौं । सुर्खेतमा केही महिना मात्र सञ्चालन भएको प्याराग्लाइडिङ पाइलट अभावमा बन्द भएको छ । दुई वर्षअघि सञ्चालनमा ल्याइएको प्याराग्लाइडिङको उडान दक्ष पाइलटको अभावमा बन्द भएको हो । तर, सञ्चालकले भने आगामी ३ महिनाभित्र पुनः सुर्खेतको आकाशमा प्याराग्लाइडिङको नियमित उडान हुने दाबी गरेका छन् ।

त्यसका लागि आवश्यक तयारी भइरहेको वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाहीले बताए । सरकारले यो वर्षलाई घुमफिर वर्षका रुपमा मनाइरहेको र जिल्लामा पर्यटकको आवागमन बढेको भन्दै उनले पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी गरेका हुन् । पाइलटलाई जिल्लामा ल्याउने काम भइरहेको उनको भनाइ छ । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।