आर्थिक

भारतमा यसरी लुटिन्छन् नेपाली कामदार

काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली कामदार घर र्फकने क्रममा लुटिने घटनाले यस वर्ष पनि निरन्तरता पाएको छ । पछिल्लो घटना दाङको पुरन्धाराका लोकबहादुर घर्तीसहित चार जना भारतीय भूमिमा लुटिएका छन् ।

सिमलाबाट घर फर्किने क्रममा घर्तीलाई हरिद्वारमा अपरिचित व्यक्तिले लुटेका हुन् । बिँडी खुवाई बेहो बनाएर ११ हजार भारतीय रुपैयाँ र मोबाइल लुटेको घर्तीले बताएको छ ।
नेपाल प्रहरीले नाकामा विशेष निगरानी गरेपछि यसपटक दशै तिहारमा लुटपाटका घटना केही कम भएको दाबी गरेको छ ।
यस वर्ष रुपैडिहाबाट नेपालगञ्जसम्मका बसपार्क, विभिन्न होटलमा सादा पोसाकका जनशक्ति परिचालन गरेका कारण विगतझै लुटपाटका घटना हुन नपाएको बाँके प्रहरी प्रमुअ एसपी टेकप्रसादा राईले बताए । आइतबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।