समाचार

काँग्रेस केन्द्रदेखि गाँउसम्म स्थानीय निकायको निर्बाचनमा केन्द्रीत हुनुपर्ने : महासमितति सदस्य, बिष्ट

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । नेपाली काँग्रेसका महासमिति सदस्य बाबुराम बिष्टले अहिलेको बिषम राजनीति परिस्थितिमा स्थनीय निकायको निर्बाचन गर्नु अनिबार्य भएको बताएका छन् । क्षेत्र नं. ६, सुनसरीका पूर्ब पार्टी सभापति समेत रहेका नेता बिष्टले काँग्रेस नेताहरु गाँउ गाँउ गई पार्टीको अवस्थामा सुधार गनुपर्ने बताएका छन् ।

नेबिसँघको ११ औं अधिवेसनले काँग्रेसको छबि सुध्रिएको दाबी गर्दै काँग्रेस केन्द्रदेखि  गाँउसम्म स्थानीय निकायको निर्बाचनमा केन्द्रीत हुनुपर्ने बिचार ब्यक्त गरेका छन् । सुर्यखबर प्रतिनिधिसँगको  कुराकानीमा पार्टीले पुराना, जुझारु, निष्ठावान र सक्षम कार्यकर्ताहरुको सँरक्षण तथा सम्मान गर्नुपर्ने बेला आएको बताएका छन् ।

देशभरी झाँगीएर गईरहेको गुट-उपगुटको अन्त्य गर्दै कार्यकर्ताहरु परिचालन गरेमा काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने ठोकुवा समेत गरेका छन् ।

काँग्रेस पार्टीको तेह्रौं महाधिवेसनपछि मानोनीत गर्न बाँकी रहेका केन्द्रीय सदस्य तथा पदाधिकारीहरु चयन गर्दा पुराना, ईमान्दार र पार्टी सँचालन गर्न सक्ने क्षमतावान नेताहरुलाई मोनयन गरिएमा गाँउ तहसम्म राम्रो सन्देश प्रबाह हुने हुँदा उक्त बिषयमा समेत  ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह  गरेका छन् ।