समाचार

हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार सुरु

काठमाण्डौ । हिन्दुहरुको दोश्रो ठूलो चाड तिहार शुक्रबारदेखि सुरु भएको छ । यो चाड हिन्दुहरुले कात्र्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीयसम्म मनाउने गर्छन् ।

शुक्रबार तिहारको पहिलो दिन काग तिहार हो । त्यसपछि क्रमसः १३, १४, १५ र १६ गते कुकुर तिहार, गाइतिहार अर्थात लक्ष्मी पुजा, गोरु तिहार अर्थात गोबद्र्धन पुजा र भाइटिका पर्दछ । तिहारको अन्तिम दिन अर्थात कार्तिक शुक्ल द्धितीयाका दिन भाइटिका लगाएर तिहार धुमधामका साथ सम्पन्न गरिने चलन छ ।

तिहारको आफ्नै महत्व र दर्शन रहेको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीयसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकोमा टिका ग्रहन गर्न जाने गरेको बताइन्छ । काग,कुकुर, गाई र गोरु पुजाको पनि आ–आफ्नै अर्थ र महत्व रहेको छ । यो पटक भाइटिकाको साइत कार्तिक १६ गते ११ बजेर ५२ मिनेटमा रहेको ज्यातिषहहरुले बताएका छन् ।