खेलकुद

चाबहिलमा भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । तरुण दल ७ नं. इकाई, चावहिलको आयोजनामा भेट्रान सेभेन ए साइड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष मिलन जोशीले जानकारी गराए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

विजेतालाई ३० हजार र उपविजेतालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, डिफेन्डर र किपरलाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

२ दिने प्रतियोगिताका खेलहरु चावहिलमा हुनेछ । पहिलो दिन ४ खेल हुनेछ । उद्घाटन खेल सिन्धु स्पोर्ट्स र कोकिलाबीच हुने जनाइएको छ ।