पु.समाचार

प्रधान सेनापति क्षत्रीद्वारा युनिटहरुको निरीक्षण भ्रमण

सुर्यखबर सम्बाददाता,

काठ्माण्डौ । निरीक्षण भ्रमणको क्रममा बिहीबार प्रधान सेनापति राजेन्द्र क्षत्रीले पश्चिम पृतना अन्तर्गत म्याग्दी जिल्लाको वेनीस्थित श्री श्रीबक्स गुल्म, बाग्लुङ्ग जिल्लास्थित श्री नं.२३ बाहिनी अड्डा, लमजुङ जिल्लास्थित श्री पशुपति प्रसाद गण र गोरखा जिल्लास्थित श्री रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

यसै क्रममा, प्रधान सेनापति श्री क्षत्री श्रीमति रिता क्षत्री सहीत विगतको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त लमजुङ जिल्लाको बेलघारीस्थित श्री रत्न प्राथमिक विद्यालयको पुनर्निर्माण पश्चात आज एक कार्यक्रमका बिच संयुक्त रुपमा समुद्घाटन समेत गरेका छन् ।

 

सो विद्यालय नेपाली सेनाको साधन स्रोत र सैनिक श्रीमती सङ्घको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएका नेपालीे सेनाले बताएको छ ।