समाचार

पूर्ब मन्त्री चौँलागाई र कोरियाली नेता चुङ दोङ योङ्गबीच भेटवार्ता

सुर्यखबर सम्बाददाता,

काठमाडौं । कोरिया भ्रमणमा रहेका संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालका अध्यक्ष कमल चौलागाई संगको कोरियाली संसद भवनमा भएको शिष्टाचार भेटवार्तामा कोरियाको पिपुल्स पार्टीका नेता चुङ दोङ योङ्गले नेपाल प्रति चासो राखेको वताईएको छ ।

करीव आधा घण्टा भएको सो भेटवार्तामा गत वर्ष गएको विनाशकारी भूकम्पवाट भएको भौतिक तथा मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै चुङले आफ्नो पार्टी र कोरियाली जनताको तर्फवाट समवेदना प्रकट गरेका थिए ।
पूर्व मन्त्री समेत रहेका चौलागाईले कोरियाले विगतमा गरेको शान्तिपूर्ण एकीकरण र सो का लागि तत्कालिन युनिफिकेशन मन्त्री चुङले पु¥याएको योगदान, केइस्याङ औद्योगिक क्षेत्र स्थापना र उनको सनसाइन पोलिसीको खुलेर प्रशंसा गरेका थिए ।
यस मैत्री पूर्ण भेटघाटमा कोरियाको तर्फवाट किम सु, र किम जोङ्गको उपस्थिति रहेको र उक्त भेटघाटमा संयुक्त राष्ट्रवादी समाजवादी पार्टी नेपालका महासचिव शंकरलाल श्रेष्ठ, विदेश विभागका सचिव निरोज कर्माचार्य र गैरआवासीय नेपाली संगठनका सदस्य केपी सिटौलाको उपस्थिति रहेको समाजबादी पार्टीले जनाएको छ ।