मनोरञ्जन

पाकिस्तानमा सलमान खानलाई प्रतिबन्ध !

एजेन्सी– भारत र पाकिस्तानबीच पछिल्लो समयमा देखिएको चर्को द्धन्द्धका कारण भारतीय कला क्षेत्रमा समेत प्रभाव देखिएको छ । एक देशले अर्को देशका कलाकारहरुलाई समेत प्रतिबन्ध लगाउन सुरु गरेका छन् ।

केही समयअघि भारतबाट पाकिस्तानी कलाकारहरुलाई देश छोड्न दिइएको धम्कीको घटना नसेलाउँदै अहिले बलिउड सुपर स्टा सलमान खानलाई पाकिस्तानमा प्रतिबन्ध जस्त लगाइएको छ ।  सलमानसँग जोडिएका चलचित्रहरु अहिले पाकिस्तानमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

केही दिनअघि सलमान सञ्चालन गर्दै आएको रियालिटी सो बिग बोसलाई समेत पाकिस्तानमा प्रतिबन्ध लगाइएको समाचारहरु बाहिर आएका छन् । यसले भारत–पाकिस्तानबीचको द्धन्द्धले यी समाजिक रुपमा कति प्रभाव परिरहेको छ भन्नै छर्लङ देखाउँछ ।