खेलकुद

गौरिकाको स्वीमिङ सुट अब संग्राहलयमा !

काठमाण्डौ । नेपालकी पौडी खेलाडी गौरिका सिंहले आफ्नो स्वीमिङ सुट अन्र्ताष्ट्रिय ओलम्पिक कमिटीलाई सुम्पेकी छन् ।

ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिकमा सहभागी भएर थप चर्चामा आएकी गौरिकाले आइओसी हेरिटेजका लागि आफ्नो स्वीमिङ सुट ओलम्पिक कमिटीलाई दिएकी हुन् ।

ओलम्पिक कमिटीले गौरिकालाई स्वीमिङ सुट दिएकोमा प्रमाणपत्र उपलव्ध गराउँदै धन्यवाद दिएको छ । सुट ओलम्पिक कमिटीले संग्राहलयमा राख्ने जनाइएको छ ।